+

नापोलीलाई १८ अंकको अग्रता

२०७९ फागुन  १४ गते ८:०६ २०७९ फागुन १४ गते ८:०६
नापोलीलाई १८ अंकको अग्रता

१४ फागुन, काठमाडौं । इटालियन सिरी ए को शीर्ष स्थानमा रहेको नापोलीले शनिबार राति एम्पोलीलाई २-० ले पराजित गरेको छ ।

यस जितपछि नापोलीले दोस्रो स्थानको इन्टरमाथि १८ अंकको फराकिलो अग्रता बनाउँदै उपाधि होड बलियो बनाएको छ ।

एम्पोलीका एड्रिन इस्माज्लीले १७औ मिनेटमा आत्मघाती गोल गरेपछि घरेलु मैदानमा नापोलीले अग्रता लिएको थियो ।

स्टार गोलस्कोरर भिक्टोर ओसिमहेनले २८औं मिनेटमा नापोलीका लागि गोल गरे । सिरी ए मा ओसिमहेनले लगातार आठौं खेलमा गोल गरेका हुन् । युभेन्ट्सका पूर्वखेलाडी क्रिस्टियानो रोनाल्डोले लगातार ११ खेलमा गोल गरेका थिए ।

ओसिमहेन १९ गोलसहित सिरी ए को सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छन् ।

६७औं मिनेटमा मारियो रुईले रातो कार्ड पाएपछि नापोली १० खेलाडीमा समेटिएको थियो । तर त्यसले नापोलीलाई खेलको नतिजामा खासै असर गरेन ।

यस सिजन गज्जबको लयमा रहेको नापोलीले जितपछि २४ खेलबाट ६५ अंक जोडेको छ । एक खेल कम खेलेको इन्टरको ४७ अंक छ । आइतबार बोलोग्नलाई पराजित गरे इन्टरले अंकदूरी घटाउनेछ ।

नापोली सिरी ए
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय