+
+

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशक पदका लागि निवेदन आह्वान

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १४ गते ८:३६

१४ फागुन, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशक पदका लागि निवेदन आह्वान गरेको छ ।

खुला प्रतिस्पर्धाबाट नियुक्त हुने कार्यकारी निर्देशक पदका लागि इच्छुक नेपाली नागरिकहरुले आजदेखि १५ दिनभित्र निवेदन दिन सक्ने केन्द्रले जनाएको छ ।

कार्यकारी निर्देशकका लागि अर्थशास्त्र, व्यवस्थापन, इन्जिनियरिङ वा ऊर्जा सम्बन्धी विषयमा स्नातकोत्तर उपाधिसहित वैकल्पिक ऊर्जाको क्षेत्रमा कम्तिमा १० वर्ष काम गरेको अनुभव हुनुपर्ने छ ।

इच्छुक उम्मेदवारहरुले आफ्नो हस्ताक्षरसहितको बायोडाटा, दुई हजार शब्दमा नबढाइ लेखिएको चार वर्षे व्यवसायिक कार्ययोजना प्रस्ताव, हाल कुनै संस्थामा कार्यरत रहेको भए सो संस्थाको सहमति र नोटरी पब्लिकबाट प्रमाणित नेपाली नागरिकता, शैक्षिक योग्यता र कार्य अनुभवका प्रमाणपत्रहरु पेश गर्नुपर्ने छ ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र नेपालमा नवीकरणीय/वैकल्पिक ऊर्जा प्रविधिको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले तत्कालीन विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत रहने गरी २०५३ साल कात्तिक १८ गते (१९९६ नोभेम्बर ३ मा) स्थापना भएको सरकारी संस्था हो ।

हाल यो ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतमा छ । केन्द्रको अध्यक्ष ऊर्जामन्त्री रहने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?