+
+

सचेतनाका लागि बजाजको ‘सुनेर हैन हेरेर मात्र पत्याउँ’ क्याम्पेन सञ्चालन 

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १४ गते १३:०८

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनीले सुनेर हैन हेरेर मात्र पत्याउँ नामक क्याम्पेन सञ्चालन गरेको छ ।

उपभोक्ताहरुलाई आफ्ना आधिकारिक वर्कसपहरुमा पाइने गुलाबी स्टिकर टाँसिएका स्पेयर्स पार्टस्हरु नै सक्कली हुन र यिनै सक्कली स्पेयर पार्ट्स नै किन्नुहोला भनेर सचेत गराउने उदेश्यले क्याम्पेन सञ्चालन गरेको कम्पनीले बताएको छ ।

बजारमा कतिपय नक्कली स्पेयरपार्ट्सको विगविगी भएको अवस्थामा उपभोक्ताहरुलाई कसैले त्यस्ता नक्कली स्पेयर पार्ट्सहरु बेचेर नठगुन भन्ने उद्देश्यका साथ जनचेतनामूलक क्याम्पेन सञ्चालन गरेको कम्पनीको भनाइ छ ।

कसैले केवल भनेकै आधारमा स्पेयर पार्ट्सहरु चयन गर्दा त्यो नक्कली पनि पर्नसक्छ तर आफैंले गुलाबी रंगको स्टिकर हेरेर स्पेयर पार्ट्स किनेमा आफू निश्चिन्त हुन सकिने विश्वास कम्पनीले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?