
१४ फागुन, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकामा १६ किलो चरेशसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कपिलवस्तु शिवराज नगरपालिका वडा नं. ९ बिजगौरी बस्ने मेघराज घर्ती रहेका प्रहरीले जनाएको छ ।
घर्तीको घरमा लागु औषध चरेस लुकाइ छिपाइ राखेको भन्ने गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटा र ईलाका प्रहरी कार्यालय सुन्दरीडाँडबाट संयुक्त रुपमा खटगएको प्रहरी अधिकृतको टोलीले उनलाई पक्रेको हो ।
घर्ती मगरको घरमा खानतलासि गर्दा घर भित्र लुकाई छिपाई राखेको तौल गर्दा १६ किलो लागु औषध चरेश जस्तो देखिने हल्का कालो गिलो पदार्थ फेला पारेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4