
१४ फागुन, गुल्मी । गुल्मी जिल्लाका तीन स्थानीय तहले सोमबार सार्वजनिक बिदा दिएका छन् । भोलि फागुन १५ गते राष्ट्रिय मगर दिवसको अवसरमा जिल्लाको चन्द्रकोट, कालीगण्डकी र सत्यवती गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् ।
तीनवटै स्थानीय तहले छुट्टाछुट्टै सूचना जारी गर्दै सार्वजनिक विदा दिने निर्णय गरेका हुन् । ती पालिकामा जनजातिको बाहुल्य रहेको र उनीहरुको चाड पनि भएकाले सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएका छन् ।
सार्वजनिक बिदा अनुसार पालिकाभित्रका वडा कार्यालयहरु, विद्यालय, स्वास्थ्य संस्था तथा संघ संस्थाहरु बन्द रहने गाउँपालिकाले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4