+

म्यानचेष्टर युनाइटेडले जित्यो लिग कप, ६ वर्षपछिको पहिलो उपाधि

२०७९ फागुन  १५ गते ६:२५ २०७९ फागुन १५ गते ६:२५
म्यानचेष्टर युनाइटेडले जित्यो लिग कप, ६ वर्षपछिको पहिलो उपाधि

१५ फागुन, काठमाडौं । म्यानचेष्टर युनाइटेडले न्युकासललाई पराजित गर्दै इंग्लिस लिग कप (काराबाओ कप) को उपाधि जितेको छ ।

आइतबार राति वेम्ली मैदानमा भएको फाइनलमा युनाइटेडले न्युकासललाई २–० ले हरायो । युनाइटेडका लागि कासेमिरोले ३४औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । मार्कुस रासफोर्डले ४२औं मिनेटमा दोस्रो गोल गरे ।

युनाइटेडले यो उपाधि जितेसँगै ६ वर्षको उपाधि खडेरी समेत अन्त्य गरेको छ । डच प्रशिक्षक एरिक टेन हाको आगमनपछि युनाइटेडले यस सिजन २०१७ यता पहिलो उपाधि जितेको हो ।

युनाइटेडले पछिल्लो पटक सन् २०१६–१७ को सिजन जोस माउरिन्होको प्रशिक्षणमा युरोपा लिग जितेको थियो । यस्तै त्यही वर्ष लिग कपको पनि उपाधि जितेको थियो । लिभरपुलले सर्वाधिक ९ र म्यानचेष्टर सिटीले ८ पटक लिग कप जितेका छन् ।

सन् २०१३ मा पछिल्लो पटक प्रिमियर लिग जितेको युनाइटेडले एक दशक यता लिग जित्न सकेको छैन ।

जारी सिजन लिगमा तेस्रो स्थानमा रहेको युनाइटेड युरोपा लिगको अन्तिम १६ मा पुगेको छ । यस्तै एफए कपमा पाँचौं चरणमा पुगेको छ ।

इंग्लिस लिग कप काराबाओ कप म्यानचेष्टर युनाइटेड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय