+

यू-१९ विश्वकप छनोटमा नेपालले आज हङकङसँग खेल्ने

२०७९ फागुन  १५ गते ६:४८ २०७९ फागुन १५ गते ६:४८
यू-१९ विश्वकप छनोटमा नेपालले आज हङकङसँग खेल्ने

१५ फागुन, काठमाडौं । यूएईमा भइरहेको आईसीसी यू-१९ विश्वकप एसिया छनोट नेपालले आज आफ्नो तेस्रो खेलमा हङकङसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र हङकङबीचको खेल अमजानस्थित मलेक क्रिकेट ग्राउण्ड १ मा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।

छनोट प्रतियोगिता यसअघिका दुवै खेल जित्दै नेपाल अपराजित छ ।

नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रनले पराजित गरेको थियो । यस्तै  दोस्रो खेलमा कुवेतलाई २४३ रनको फराकिलो अन्तरले पराजित गरेको । कुवेतविरुद्ध कप्तान देव खनाल र अर्जुन कुमालले शतक बनाएका थिए भने आकाश चन्दले ६ विकेट लिएका थिए ।

हङकङले भने यसअघि एक जित र एक हारको नतिजा निकालेको छ ।

पहिलो खेलमा कुवेतमाथि १ विकेटको रोमाञ्चक जित निकालेको थियो भने दोस्रो खेलमा यूएईसँग पराजित भएको थियो ।

आजै यूएई र कुवेत तथा सिंगापु र मलेसियाबीच खेल हुनेछ ।

नेपाल र यूएई लगातार दुई खेल जित्दै अंकतालिकामा अगाडि छन् । रनरेटको आधारमा यूएई शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ ।

यू-१९ एकदिवसीय क्रिकेट यू-१९ विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय