
१५ फागुन, काठमाडौं । परराष्ट्रमन्त्री डा. बिमला राई पौडेलले बदलिँदो भूराजनीतिक अवस्थाका कारण परराष्ट्र नीति परिवर्तन गर्नु पर्ने ठहर गरेर नै आफूले नीति पुनरावलोकनको काम सुरु गरेको बताएकी छिन् ।
४२ दिनअघि परराष्ट्र मन्त्री नियुक्त भएकी उनले आफूले गरेका कामबारे राष्ट्रिय सभालाई जानकारी गराउँदै उनले परराष्ट्र नीति पुनरावलोकनको काम भइरहेको बताइन् । उनले परराष्ट्र नीति परिवर्तनका लागि नीति अनुसन्धान प्रतिष्ठानले काम गरिरहेको र अबको एक महिनामा प्रतिवेदन आउने बताइन् ।
उनले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कलाई गतिशील बनाउनका लागि आफूले पहल गरेको उनले बताइन् ।
परराष्ट्रमन्त्री पौडेलले नेपालमा र विदेशमा रहेका नेपालीहरुका रादानी वितरण तथा नवीकरणको काम सहज बनाउन पनि काम गरेको बताइन् ।
अवैतानिक दूतहरु भएका ठाउँमा उनीहरुलाई परिचालन गरेर विदेशमा रहेका नेपालीको राहदानी नवीकरण गर्न सक्ने नीतिगत व्यवस्था गरेको उनले बताइन् ।
परराष्ट्रमन्त्रीले विदेशस्थित नियोगहरुको क्षमता सुधारका लागि पनि काम गरेको पनि बताइन् ।
स्वीट्जरल्याण्डमा हुने संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को बैठकमा भाग लिने तयारी आफूले गरे पनि अन्तिम समयमा भ्रमण स्थगित भएको बताइन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नजान भनेपछि आफूले भ्रमण रोकेको र सल्लाहकार वा विज्ञको नेतृत्वमा टोली पठाइएको आफूले सुनेको परराष्ट्रमन्त्री राईले बताइन् ।
प्रतिक्रिया 4