
१५ फागुन, गुल्मी । गुल्मी यातायात प्रालिको अध्यक्षमा रुपकलाल श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन । गुल्मी यातायात ब्यवसायी समिति रुपान्तर भएर बनेको गुल्मी यातायात प्रालिको बार्षिक साधारण सभा तथा अधिवेशनले ९ सदस्यीय सञ्चालक समिति सर्वसम्मत चयन गरेको हो ।
प्रालिको सञ्चालक समिति सदस्यमा रुपकलाल श्रेष्ठ, ज्ञानहरि सापकोटा, कमल श्रेष्ठ, नारायण ज्ञवाली, उत्तम कुवर, महेश्वकुमार राज भण्डारी, लक्ष्मण भण्डारी, महेन्द्र केसी र शंकर बहादुर थापा चयन भएका थिए । सञ्चालक समितिको बैठकले रुपकलाई अध्यक्ष चयन गरेको हो ।
त्यस्तै तीन सदस्यीय लेखा समितिमा प्रकाश थापा संयोजक, भीमबहादुर राना र प्रकाश भट्टराई सदस्य रहेका छन् । प्रालिमा हाल करिब तीन सय सवारी साधन आवद्ध छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4