+

हङकङविरुद्ध नेपालले पायो १२१ रनको लक्ष्य

२०७९ फागुन  १५ गते १३:५४ २०७९ फागुन १५ गते १३:५४
हङकङविरुद्ध नेपालले पायो १२१ रनको लक्ष्य

१५ फागुन, काठमाडौं । यू-१९ विश्वकपको एसिया छनोटमा हङकङसँगको खेल जित्न नेपालले १२१ रनको सामान्य लक्ष्य पाएको छ ।

युएईको मलेक क्रिकेट मैदान अज्मानमा टस जितेर ब्याटिङ रोजेको हङकङलाई नेपालले ४६.३ ओभरमा १२० रनमा अल आउट गरेको हो ।

हङकङका लागि पार्थ भागवतले सर्वाधिक ३६ रन बनाए । उनले ९३ बल खेल्दै ४ चौका प्रहार गरे । मोहम्मद अलियान जाहिरले ६७ बलमा २९ रन बनाए ।

हङकङका लािग पाँचौ विकेटका लागि भागवत र जाहिरले ४७ रनको साझेदारी गरेका थिए । आहन त्रिवेदी ११ रनमा रनआउट भए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि तीव्र गतिका बलर हेमन्त धामीले ९ ओभर बलिङ गर्दै ३ मेडन सहित १९ रन खर्चिएर सर्वाधिक ३ विकेट लिए ।

स्पिनर सुवास भण्डारीले १० ओभर बलिङ गर्दै ३ मेडन सहित १० रन खर्चेर २ विकेट लिए । अर्का स्पिनर दिपेश कंडेलले १० ओभर बलिङ गर्दै १७ रन खर्चेर १ विकेट लिए ।

तीव्र गतिका बलर आकाश चन्दले ८.३ ओभर बलिङ गर्दै ४३ रन खर्चेर २ विकेट लिए ।

यू-१९ विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय