
काठमाडौं । नेपालमा हुन्डाइ गाडीहरुको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो विद्युतीय गाडीहरुमा आकर्षक एक्सचेन्ज अफरको घोषणा गरेको छ ।
हुन्डाइले ‘अपग्रेड योर इलेक्ट्रिक जर्नी विथ आयोनिक ५’ भन्ने नारासहित एक्सचेन्ज अफर सुरु गरेको छ । जस अन्तर्गत ग्राहकहरुले आफ्ना कुनै पनि विद्युतीय गाडी ल्याई नेपालमा सर्वाधिक रुचाइएको हुन्डाइको विद्युतीय गाडी कोना वा आयोनिकसँग साट्न सक्ने कम्पनीले बताएको छ । यो एक्सचेन्ज योजनामा कोनाको न्यूनतम एक्सचेन्ज मूल्याँकन ४० लाख रुपैयाँ कायम गरिएको र जुन हालसम्मको मूल्यांकनमा सब भन्दा बढी भएको कम्पनीले बताएको छ ।
यो अभियानले नयाँ र विकसित विद्युतीय सवारी साधनमा अपग्रेड गर्न खोजिरहेका ग्राहकहरूका लागि उत्कृष्ट अवसर दिनेछ । यस अफरको फाइदा उठाएर, ग्राहकहरूले आफ्नो पुरानो कोना ईभीको उचित मूल्य प्राप्त गर्नुका साथै नयाँ कोना इलेक्ट्रिक वा आयोनिक ५ को उत्कृष्ट सुविधाहरू र राम्रो पर्फर्मेन्सको आनन्द उठाउन सक्नेछन् ।
नेपालका विद्युतीय सवारी साधनहरुमा हुन्डाइ इभीहरु अग्रपंत्तिमा रहेका छन् । यी ईभीहरुले विश्वभरका ग्राहकहरुको मन जित्न सफल हुनुका साथै नेपाली बजारमा पनि आफ्नो दरो वर्चस्व कायम गरी सफलता हासिल गरिरहेको कम्पनीले बताएको छ ।
एक्सचेन्ज अफर योजना नेपाल भरिको हुन्डाइ सोरुमहरुमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरू सहित ४० वटा चार्जिङ स्टेशन मार्फत नेपालभरि नै सबै हुन्डाइ गाडीहरूको सहज खरिद र सर्भिसिङ्गको सेवा दिँदै आएको छ ।
प्रतिक्रिया 4