+
+

सिभिल क्यापिटलको अध्यक्षमा भोलाबहादुर बिष्ट चयन

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १५ गते १५:०५

काठमाडौं । सिभिल क्यापिटल मार्केटको अध्यक्षमा भोलाबहादुर बिष्ट चयन भएका छन् । कम्पनीको १४ फागुनमा  बसेको सञ्चालक समितिको बैठकले बिष्टलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो ।

यसअघि सिभिल बैंकबाट प्रतिनिधित्व गर्दै क्यापिटलको अध्यक्षमा सुमन आचार्य थिए । तर हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेसँगै आचार्य सिभिल बैंकबाट नै बाहिरिएका थिए । त्यसपछि ११ फागुनदेखि लागु हुने गरी क्यापिटलको सञ्चालक पदमा मुख्य लगानीकर्ता सिभिल बैंकबाट प्रतिनिधित्व गर्दै बिष्ट चयन भएका थिए । उनी सन् २००२ मा महेन्द्र विद्या भूषणद्वारा विभूषित हुन् भने उनीसँग २० वर्षको बैंकिङ अनुभव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?