
१५ फागुन, काठमाडौं । साना चार कम्युनिष्ट पार्टीले संयुक्त मोर्चालाई अझ बलियो बनाउने भन्दै साना चार कम्युनिष्ट पार्टीले कार्यदल बनाएका छन् ।
सोमबार बसेको नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, विश्वभक्त दुलाल ‘आहूती’ नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीको बैठकले कार्यदल बनाउने निर्णय गरेको हो ।
चार सदस्यीय कार्यदलमा खड्गबहादुर विश्वकर्मा, कर्णजीत बुढाथोकी, जागृत रायमाझी र आर.बी. भण्डारी रहेका छन् ।
रहेको ४ सदसीय कार्यदल गठन गरिएको छ । कार्यदललाई २ दिनको समयावधी दिईएको छ । संयुक्त मोर्चाको स्वरुप र कार्यक्रम सम्बन्धी अवधारणा तयार पार्न कार्यदलले २ दिनको समय पाएको छ ।
यसअघि ९ माघमा बसेको चार दलको बैठकले पार्टी एकताको समेत प्रयास गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया 4