१५ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेलाई यूएई टूरमा पठाउने प्रयास हुने बताएको छ ।
सर्वोच्च अदालतले सोमबार मात्र लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश सदर गरेको छ । साथै सर्वोच्चले क्रिकेट खेल्न विदेश जाने अनुमति समेत दिएको छ ।
क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार अब सन्दीपलाई लिग टूको त्रिकोणात्मक सिरिज खेल्न यूएई पठाउने प्रयास हुनेछ ।
उनले भने, ‘रिप्लेसमेन्टमा पठाउने हाम्रो प्रयास छ, तर प्रक्रियागत रुपमा आईसीसीले के गर्छ, थाहा छैन ।’
लिग टूमा नेपालले नामिबिया र यूएईसँग त्रिकोणात्मक सिरिज खेल्दैछ ।
प्रतिक्रिया 4