+

बासी खाना खाँदा के हुन्छ ?

२०७९ फागुन  १६ गते ७:०५ २०७९ फागुन १६ गते ७:०५
बासी खाना खाँदा के हुन्छ ?

कार्यव्यस्तताले हो वा जाँगर नचलेर, अहिले प्रायः हामी एकै पटक दुई–तीन दिनलाई पुग्नेगरी खाना पकाउँछौं । फ्रिजमा राख्छौं । र, चाहिएको बेला तताएर खान्छौं ।

त्यसो त भान्सामा पाकेका कतिपय कुरा बाँकी रहन्छ । त्यसलाई पनि छोपछाप गरेर राख्छौं । अनि अर्को पटक खाइदिन्छौं । तारेको, भुटेको कुरा त अझ केही दिन वा हप्तासम्म राखेर पनि यसरी खाइदिन्छौं, मानौं ‘जे आउँछ मज्जाले पचाउँछ’ ।

तर के बासी रहेको खानेकुरा हाम्रो पाचनयन्त्रले सहजै पचाउँछ ? यो प्रश्नसँगै उठ्ने अर्को जिज्ञासा हो, वास्तवमा खानेकुरा कसरी बासी हुन्छ ? कति अवधिपछि बासी हुन्छ ?

खानेकुरा विभिन्न प्रकारको हुन्छ । जुन खानेकुरामा पानीको मात्रा बढी हुन्छ । जस्तै, फलफूल, दूध, दही, पकाएको खानेकुरा एक हप्तामा कुहिन थाल्छ ।

नुन, चिनी मसलाजस्ता खाद्यवस्तु जुनमा पानीको मात्रा हुँदैन । त्यस्ता खानेकुरालाई महिनौंसम्म स्टोर गरेर राख्न सक्छौं, महिनौं कुहिंदैन ।

कसरी बिग्रिन्छ ?

बासी खानेकुरामा गुणस्तरको मात्रा कम हुँदै जान्छ । खाद्यपदार्थमा हुने गुणहरू पनि नष्ट  हुँदै जान्छ । लामो समय पकाएको खानेकुरालाई स्टोर गरेर राख्दा सूक्ष्म जीवाणु पनि विकास हुँदै जान्छ ।

बासी खानेकुरा खाँदा के हुन्छ ?

पकाएको खानेकुरा लामो समयसम्म राखेर खाँदा फुड पोइजनिङ र झाडापखालाको जोखिम बढ्छ । खानेकुरामा ब्याक्टेरियाका कारण खानाको रङ, गन्ध र स्वाद परिवर्तन हुन्छ । लामो समयसम्म फ्रिजमा स्टोर गरेको खाना खाँदा कालान्तरमा नसासम्बन्धी समस्या र क्यान्सरको समेत जोखिम बढेर जान्छ ।

फ्रिजमा कति समयसम्म राखेको खानेकुरा खानु उचित ?

जानीजानी फ्रिजमा धेरै खाना राख्नेले सबैभन्दा पहिले फ्रिजमा खाना खराब हुँदैन भन्ने भ्रमलाई हटाउनुपर्छ । कतिपय खानेकुरा यस्ता हुन्छन्, जुन निश्चित समयपछि फ्रिजमा बिग्रिन्छन् । पकाएर राखेको खानेकुरा जस्तै भात, रोटी, दाल, तरकारी २४ घण्टापछि बिग्रन थाल्छ । त्यसैले २४ घण्टा बढी फ्रिजमा राखेको खानेकुरा खानु उचित हुँदैन ।

कसरी राख्दा खानेकुरा छिटो बिग्रिंदैन ?

सामान्यतया हामीले फ्रिजमा काँचो र पकाएको खाना सँगै राख्छौं । काँचो तरकारी र पकाएको खाना एउटै ठाउँमा राख्नाले फ्रिजमा ब्याक्टेरिया बढ्छ । यसले खाना छिट्टै बिग्रन्छ, त्यसैले काँचो र पकाएको खानालाई सधैं छुट्टै ठाउँमा राम्ररी छोपेर राख्नुपर्छ । फ्रिजमा  राखिएको खानेकुरालाई खानुअघि बाफ आउने गरी तताएर मात्र खानु उपयुक्त हुन्छ ।

यसो गर्दा खानेकुरामा भएको पोषक तत्त्व नष्ट हुन्छ  । खानेकुराबाट शरीरले प्राप्त गर्ने भिटामिन मिनरल्सको मात्रा प्राप्त नगर्न सक्छ । पेट भर्न खाना खाने हो भने फ्रिजमा राखेको खानेकुरा खान सकिन्छ । तर शरीरलाई आवश्यक पर्ने पोषक तत्त्वहरूको लागि भने लामो समय फ्रिजमा राखेको खाना नखानु नै उपयुक्त हुन्छ ।

(रायमाझी खाद्य अनुसन्धान अधिकृत हुन् ।)

बासी खाना
लेखक
उज्ज्वल रायमाझी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?