१५ फागुन, काठमाडौं । पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला फुटबलको एसिया छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा गरिएको छ ।
महिला टिमका मुख्य प्रशिक्षक अनन्तराज थापाले सोमबार ३५ जनाको प्रारम्भिक टोली घोषणा गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
बन्द प्रशिक्षण आगामी शुक्रबारदेखि एन्फा कम्प्लेक्समा सुरु हुने एन्फाले जनाएको छ ।
एसिया छनोटको समूह सी को खेलहरु अप्रिल ३ देखि ११ सम्म नेपालमै आयोजना हुनेछ । समूह सी मा नेपालसहित भियतनाम र अफगानिस्तान छन् ।
नेपालले पहिलो खेल अफगानिस्तानसँग अप्रिल ८ खेल्नेछ भने दोस्रो खेल भियतनामसँग अप्रिल ११ मा खेल्नेछ । खेलहरु दशरथ रंगशालमा हुनेछ ।
नेपालले ओलम्पिक तयारी स्वरुप भारतसँग चेन्नाईमा दुई खेल खेलेको थियो । दुवै खेल बराबरीमा सकिएको थियो ।
भारत भ्रमणमा गएका २३ मध्ये २१ जना प्रारम्भिक सूचीमा छन् भने १४ जना थप गरिएको छ । भारतमा खेल्न गएका गीता राना चोटका कारण मैदान बाहिर छन् भने घिमकुमारी गुरुङले भारतमा खेलेपछि सन्यास लिएकी छन् ।
प्रारम्भिक टोली
एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ, विमला विक, सपना राई, अमृता जैसी, हिरा कुमारी भुजेल, निशा थोकर, समिक्षा थोकर, प्रिति राई, अनिता बस्नेत, अनिता केसी, बिमला चौधरी, दिपा शाही, सरु लिम्बु, रेनुका नगरकोटे, सबिता राना मगर, निर्मला विक, सावित्रा भण्डारी, अमिसा कार्की, रश्मि कुमारी धिसिङ, रेखा पौडेल, रजनी थोकर, पुजा राना, दिपा न्यौपाने, सरस्वती अयेर, सरस्वती हमाल, अन्चली वाइबा, सृजना चेम्जोङ, गंगा गुरुङ, मन्जली कुमार योन्जन, चन्द्रा भण्डारी, प्रतिक्षा चौधरी, मेनुका आले मगर, सारा बज्राचार्य ।
प्रतिक्रिया 4