
काठमाडौं । कुमारी बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ प्रालिबीच विद्युतीय गाडी खरिद गर्दा कर्जा दिने सम्बन्धी विषयमा सम्झौता भएको छ ।
आफ्ना ग्राहकहरूलाई टाटा मोटर्सको विद्युतीय सवारी साधन खरिद गर्नका लागि कर्जा प्रदान गर्ने विषयमा उक्त कम्पनीसँग सम्झौता भएको बैंकले जनाएको छ । पछिल्लो समय विद्युतीय सवारी साधनको लोकप्रियता बढ्दै गएको र सोही अनुरूप
आफ्ना ग्राहकहरुको माग पूरा गर्न बैंकले देशभरका शाखाहरुबाट सहज रुपमा विद्युतीय सवारी साधन कर्जा उपलब्ध गराउने छ ।
यस सहकार्य पश्चात् कुमारी बैंकका ग्राहकहरूले टाटा मोटर्सको विद्युतीय सवारी साधन खरिद गर्दा बैंकबाट सजिलै बिजक मूल्यको ८० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्ने छन् । साथै कर्जाको अवधि ८ वर्षसम्म रहने प्रावधान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4