+
+

वैशाख १ मा चार फिल्मको भिडन्त तय, ‘नाइँ नभन्नु ल ६’ पनि आउने पक्का

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १६ गते १५:३४

काठमाडौं । विकास आचार्य निर्देशित फिल्म ‘नाइँ नभन्नु ल ६’ आगामी वैशाख १ गते रिलिज हुने पक्का भएको छ । निर्माताले मंगलबार पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिएका हुन् । रोमान्टिक पोस्टरमा आँचल शर्मा र आशिर्वाद क्षेत्री फिचर्ड छन् ।

बाल मनोविज्ञान र रोमान्टिक जनरामा बनेको फिल्मले मंगलबार बेलुका टिजर समेत सार्वजनिक गर्ने भएको छ । सञ्जय न्यौपाने, रमेश चौधरी, पुरुषोत्तम प्रधान कार्यकारी निर्माता रहेको फिल्मलाई विकास र विष्णुमणि दाहालले निर्माण गरेका हुन् ।

वैशाख १ गते दयाहाङ राईको अभिनय रहेका दुई फिल्म ‘जारी’ र ‘बिहे पास’ तथा सुरक्षा पन्त अभिनित ‘बुलाकी’ पनि प्रदर्शन हुँदैछन् । एउटै मितिमा चार फिल्मले प्रदर्शन मिति घोषणा गरेपछि डेढ सय हल क्षमताको नेपाली फिल्म उद्योगमा दबाब सिर्जना हुनेछ । आफूले पहिले नै रिलिज डेट घोषणा गरेकाले पछि नहट्ने निर्देशक तथा निर्माता आचार्यले अनलाइनखबरलाई बताए ।

‘नाइँ नभन्नु ल’का अघिल्ला पाँच श्रृंखलाले घरेलु बक्स अफिसमा राम्रो कमाइ गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?