+
+

खाद्य पदार्थको परिभाषाबाट ‘मदिराजन्य पेय पदार्थ’ हटाउने प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १६ गते १६:४७

१६ फागुन, काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले खाद्य पदार्थको परिभाषाबाट ‘मदिराजन्य पेय पदार्थ’ हटाउने प्रस्ताव गरेका छन् ।

तत्कालीन कृषिमन्त्री घनश्याम भुसालले २८ असार २०७७ मा राष्ट्रिय सभामा दर्ता गरेको ‘खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी विधेयक’ को दफा २ (घ) मा खाद्य पदार्थको परिभाषा छ । जहाँ ‘खाद्य पदार्थ’को परिभाषामा मदिराजन्य पेय पदार्थ पनि रहने उल्लेख छ । यस्तो व्यवस्थालाई राष्ट्रिय सभाले स्वीकार गरेर प्रतिनिधि सभामा पठाएको छ ।

‘विधेयकको दफा २ को खण्ड (घ) मा ‘मदिराजन्य पेय पदार्थ’ भन्ने शब्दहरु हटाउनुपर्ने’ प्रतिनिधिसभामा आएको यस विधेयकउपर एमाले सांसद बास्कोटाले संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

प्रतिनिधि सभामा विचाराधीन यस विधेयकको दफा २ को खण्ड (घ) मा ‘खाद्य पदार्थ’ भन्नाले ‘साधारणतः मानिसले उपभोग गर्ने अप्रशोधित, अर्धप्रशोधित वा प्रशोधित खाद्य वा पेय पदार्थ, त्यसमा प्रयोग गरिने पोषक तत्व, खाद्य योगशील (फुड एडिटिभ) वा मरमसला सम्झनु पर्छ र सो शब्दले आहारपूरक खाद्य पदार्थ, प्याकेजिङ गरिएको प्रशोधित पिउने पानी, मदिराजन्य पेय पदार्थ, चुइगम र बवलगमलाई समेत जनाउँछ ।’ भन्ने उल्लेख छ । यो परिभाषाबाट मदिराजन्य पेय पदार्थ हटाउनुपर्ने सांसद बास्कोटाले प्रस्ताव गरेका हुन् ।

यसैगरी, एमाले सांसद बास्टोकाले ‘कुनै खाद्य पदार्थको भ्रामक स्वास्थ्य दाबी गर्न नहुने’ विषयलाई पनि ऐनमै समावेश गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

प्रस्तावित विधेयकको दफा १४ मा ‘झुक्याई खाद्य पदार्थको बिक्री वितरण गर्न नहुने’ सम्बन्धी व्यवस्था छ । कसैले ढाँटी वा झुक्कयाई खाद्य पदार्थको उत्पादन, प्रशोधन, निकासी, पैठारी, सञ्चय वा बिक्री वितरणका लागि राख्न वा वितरण गर्न वा गराउन नहुने’ उल्लेख छ । यसमा ‘कुनै खाद्य पदार्थको भ्रामक स्वास्थ्य दाबी गर्न नहुने’ भनी लेख्नुपर्ने सांसद बास्कोटाको संशोधन प्रस्ताव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?