
प्१६ फागुन, काठमाडौं । सहकारीको कार्यालय फोडेर २ लाख रुपैयाँ चोरी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले टोखा नगरपालिका–७ को मिसास वचत तथा ऋण सहकारी संस्थाको ढोका फोडेर २ लाख रुपैयाँ चोरी गरेको आरोपमा नुवाकोट घर भई तारकेश्वर नगरपालिका–१ भत्केको पुल बस्ने ३३ वर्षका रुपबहादुर तामाङलाई पक्राउ गरेको हो ।
उनलाई काठमाडौंको बसुन्धराबाट चोरीमा प्रयोग भएको सामग्रीसहित पक्राउ गरेर अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगञ्ज बुझाइएको अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4