+
+

दिल्लीका उपमुख्यमन्त्री सिसोदिया र मन्त्री जैनले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १६ गते २१:०३

१६ फागुन, काठमाडौं । हिरासतमा रहेका दिल्ली सरकारका उपमुख्यमन्त्री मनिष सिसोदिया र स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले राजीनामा दिएका छन् । समाचार एजेन्सी एएनआईका अनुसार मुख्यमन्त्री अरविन्द केजरीवालले दुबै मन्त्रीको राजीनामा स्वीकार गरेका छन् ।

२०२१ मा लागू भएको मदिरा नीति बनाएको र त्यो लागू गर्दा भएको भनिएको अनियमिततामा सहभागी भएको आरोपमा सीबीआईले उपमुख्यमन्त्री सिसोदियालाई सीबीआईले आइतबार पक्राउ गरेको थियो । उनलाई ५ दिनका लागि हिरासतमा राख्न अनुमति दिइएको छ ।

त्यसविरुद्ध सिसोदियाका वकिल अभिषेक मनु सिंघवीले मंगलबार सर्वोच्च अदालतले निवेदन दिएका थिए ।

त्यसमा सीआईबीको अनुसन्धान र पक्राउमाथि प्रश्न उठाइएको थियो र जमानतमा छाड्न माग गरिएको थियो । तर प्रधानन्यायाधीश धनन्जय वाई चन्द्रचुडको इजलासले उनको निवेदनलाई अस्वीकार गर्दै उच्च अदालत जान सुझाएको छ । लगतै सिसोदियाले राजीनामा दिएका हुन् ।

केजरीवाल सरकारका मन्त्री जैन भने जुन २०२२ मै सम्पत्ति शुद्धिकरणको मुद्दामा पक्राउ परेका थिए । त्यसयता प्रहरी हिरासतमा रहेका उनले पनि मंगलबार नै राजीनामा दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?