
१७ फागुन, काठमाडौं । अछामका पृथ्वीबहादुर शाहले अमेरिकाबाट शंकास्पद रुपमा नेपाल भित्राएको घटनाको अनुसन्धान प्रतिवेदन केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । सीआईबीले आज पत्रकार सम्मेलन गरेर त्यसबारे औपचारिक जानकारी दिंदै छ ।
शाह अमेरिकाबाट पाँच वर्षमा ६१ करोड ३५ लाख ९६ हजार ४४ रुपैयाँ शंकास्पद रुपमा नेपाल भित्राएको पाइएपछि पृथ्वीबहादुर शाह पुस २२ गतेदेखि प्रहरी हिरासतमा छन् ।
सीआईबीले गरेको अनुसन्धानका क्रममा शाहसहितको समूहले अमेरिकी नागरिकलाई ठगेर करोडौं रकम नेपाल भित्राएको पाइएको छ । ब्यूरोका अनुसन्धान अधिकृतहरुका अनुसार शाहको समूहबाट ठगिएका अमेरिकी नागरिकमध्ये अधिकांश वृद्ध अवस्थाका छन् ।
प्रहरीका अनुसार कतिपय घटनामा पीडितलाई स्क्रिन शेयर गर्न बाध्य पारेर पैसा ट्रान्सफर गर्न लगाएको पाइएको छ । अनुसन्धान अधिकृतहरुसँग बयानका क्रममा शाहले अवैध रकम ल्याएको आरोप अस्वीकार गरेका छन् । उनले नेपाल घुम्न आउने पर्यटकलाई सहजीकरण गरिदिएवापत आफूलाई रकम प्राप्त भएको दाबी गरेका छन् ।्
कोरोना भाइरसको महामारीका कारण पर्यटन व्यवसाय ठप्प भएका बेला पनि उनको खातामा ठूलो परिमाणमा रकम आएको देखिएको थियो ।
यो पनि पढ्नुहोस् –
पृथ्वीबहादुर शाह : आधा दर्जन कम्पनीबाट शंकास्पद कारोबार
पृथ्वीबहादुरले ५ वर्षमा पठाएको ६१ करोड अमेरिकामा गरिएको ठगी
प्रतिक्रिया 4