+
+

लाइफब्वोइ ‘द भ्वाइस किड्स नेपाल’ दोस्रो सिजनका लागि हाइजिन पार्टनर

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १७ गते १३:२५

काठमाडौं । लाइफब्वोइले लोकप्रिय सांगीतिक कार्यक्रम ‘द भ्वाइस किड्स नेपाल’ को दोस्रो सिजनसँग आफ्नो सहकार्यको घोषणा गरेको छ ।

शोको हाइजिन पार्टनरको रूपमा सहभागी सबै प्रतियोगी, निर्णायक र क्रु मेम्बरहरूको स्वास्थ्य सुरक्षा र कुशलतालाई प्रोत्साहन गर्ने जिम्मेवारी लाइफब्वोइलाई दिइएको छ ।

यसै क्रममा लाइफब्वोइले यस कार्यक्रमका दर्शकहरुलाई जीवनमा स्वच्छ र स्वस्थ बानीबारे सचेत गराउँदै यसको महत्वलाई स्थापित गर्ने लक्ष्य राखेको छ ।

द भ्वाइस किड्स नेपाल विश्वव्यापी गायन रियालिटी शो द भ्वाइस किड्सको नेपाली संस्करण हो । यस कार्यक्रममा जजहरू मिलन नेवार, प्रविशा अधिकारी, सुशान्त केसी र प्रमोद खरेल रहेका छन् ।

कार्यक्रमको पहिलो एपिसोड २६ फागुन २०७९ मा प्रसारण गर्ने गरी तयारी भइरहेको जनाइएको छ । साथै यो कार्यक्रम हप्ताको दुई दिन प्रत्येक शुक्रबार र शनिबार हिमालय टीभीमा राति ८ बजे प्रसारण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?