
७ फागुन, विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेशको नामकरणका लागि माओवादी केन्द्र ब्याक भएको बताएका छन् ।
आज बुधबार बिहानसम्म माओवादीले पहिचानको पक्षमा छुट्टै प्रस्ताव दर्ता गर्ने तयारी गरेको थियो । तर छुट्टै प्रस्ताव दर्ता गर्दा प्रदेशको नाम राख्नै नसक्ने अवस्था आउने भएकाले प्रस्ताव पेश गर्नबाट पछि हटेको उनले बताएका हुन् ।
माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीले पहिचानसहितको नाम दर्ता गर्ने तयारी गरेका थिए । माओवादी ब्याक भए पनि नेकपा एकिकृत समाजवादी र जसपाले किरात लिम्बुवान सगरमाथा प्रदेश नाम राख्न प्रस्ताव गरेका छन् ।
आङ्बोले सबैको सल्लाहमा माओवादी कुनै प्रस्तावको पक्षमा नउभिएको स्पष्ट पारे ।
प्रदेशको प्रस्तावित नाम कोशीमा मतदान गर्ने उनले बताए । एमाले र कांग्रेसले पनि नाममा मतदान गर्ने तयारी गरेका छन् । पहिचानको पक्षधर कम भएका कारण प्रदेशको नाम र पहिचानको पक्षमा कुरा राखेर कोसीमै मतदान गर्ने उनले बताए ।
प्रतिक्रिया 4