+
+

१० दिनभित्र सम्पदा क्षेत्रका अव्यवस्थित तार हटाउन ललितपुर महानगरको निर्देशन 

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १७ गते १७:२५

१७ फागुन, काठमाडौं । ललितपुर महानगरले सम्पदा क्षेत्रका अव्यवस्थित तार १० दिन भित्र हटाउन निर्देशन दिएको छ । जथाभावी टाँगिएका तारले शहरको सुन्दरता बिगारेको भन्दै सरोकारवालालाई अव्यवस्थित तार हटाउन महानगरले निर्देशन दिएको हो ।

ललितपुर महानगरले आयोजना गरेको तार व्यवस्थापन सम्बन्धी छलफल कार्यक्रममा सरोकारवालालाई त्यस्तो निर्देशन दिएको महानगरले जनाएको छ । नगर प्रमुख चिरिबाबु महर्जनले पहिलो चरण अन्तर्गत महानगरको सम्पदा क्षेत्रका तार १० दिनभित्र हटाउन निर्देशन दिए । अशोक स्तुपा, कुम्भेश्वर मन्दिर परिसर, पाटन दरबार र रातो मछिन्द्रनाथको रथ निर्माण गरिने ठाउँ पुल्चोकस्थित रथखेल क्षेत्रमा टाँगिएका अव्यवस्थित तार हटाउन महानगरले निर्देशन दिएको हो ।

तार हटाउन इन्टरनेट सर्भिस प्रोभाइडर एसोसियसन (आईएसपीए)लाई ललितपुर महानगरले जिम्मा दिएको छ । उक्त कार्यका लागि आईएसपीएलाई ललितपुर महानगरले आवश्यक सहयोग गर्ने महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले बताए ।

सम्पदाको शहर ललितपुरको शाख जोगाउन अन्य सरोकारवाला निकायसँग पनि सहकार्य गरिने उनले बताए ।

नगर प्रमुख महर्जनले गुजुल्टिएको तारमा आगो लागेको घटना धेरै सुनेको बताउँदै नगर र नगरबासीको सुरक्षाका लागि पनि अव्यवस्थित तार तत्काल हटाउनु पर्ने बताए । अव्यवस्थित तारका कारण शहर कुरुप बनेको उनकाे भनाइ थियो ।

‘नगर र नगरबासीको सुरक्षा पहिलो हो, यी तारले ललितपुरलाई स्मार्ट सिटी बनाउने हाम्रो अभियानलाई बाधा पुर्‍याएको छ,’ महर्जनले भने, ‘१० दिन भित्र तार नहटाए महानगरले नै हटाउने छ ।’ तार हटाउँदा आवश्यक तार पनि काटिन सक्ने तर्फ इंगित गर्दै उनले भने, ‘मेसिन खरिद गरिसक्यौं, आफैं काट्छौं ।’

सडकमा गाडिएको खम्बा, घरको भित्तामा असरल्ल टाँगिएको तारको गुजुल्टोका कारण आफूलाई लज्जाबोध भएको महर्जनको भनाइ थियो । ललितपुर घुम्न आएका पर्यटक र कामका सिलसिलामा भेट्न आउने विदेशी पाहुनाले यी असरल्ल तारका गुजुल्टाबारे टिप्पणी गर्दा आफूलाई सहज भएको उनले बताए । ललितपुरका मनमोहक सम्पदाका तस्वीर खिज्न खोज्दा अव्यवस्थित तारले तस्वीर खिचन् समेत बाधक बनेको गुनासो आफू समक्ष गरेको तितो अनुभव उनले बैठकमा सुनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?