
१७ फागुन, विराटनगर । नामकरणमाथि छलफलका क्रममा जसपा सांसद निर्मला लिम्बू प्रदेश १ को प्रदेशसभामा भक्कानिएकी छन् ।
प्रदेशको नाममा आफूहरुले राखेको किरात लिम्बुवान सगरमाथा नाम अस्वीकृत भएपछि स्वास्थ्य मन्त्री समेत रहेकी लिम्बू प्रदेशसभामा भक्कानिएकी हुन् । पहिचानको मुद्दालाई बहुमतले दबाबइएको उनको गुनासो छ ।
प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राप्रपा भूगोलका आधारमा कोशी प्रदेश नाम राख्न सहमत छन् । जसपा र एकीकृत समाजवादी पार्टीले पहिचानको आधारमा किरात लिम्बूवान सगरमाथा प्रदेश राख्न प्रस्ताव गरेको थियो । तर कोशी प्रदेशको प्रस्ताव बहुमतले छलफलका लागि स्वीकृत हुँदा किराँत लिम्बूवान सगरमाथाले छलफलमा प्रवेश नै पाएन ।
आफ्नो प्रस्ताव अस्वीकृत भएपछि उनी भक्कानिएर रोइन् । संसद बैठकमा बोल्दै उनले भनिन्, ‘बहुमतको दम्भका अघि म एक्लो सांसदलाई सती पठाएझैं भयो। पहिचानको आवाजको हत्या भयो ।’ पटक पटक बोल्दा उनको गला अवरूद्ध भएको थियो ।
प्रतिक्रिया 4