१८ फागुन, काठमाडौं । लिभरपुलले प्रिमियर लिगमा बुधबार राति वुल्भसलाई २-० ले पराजित गर्दै शीर्ष चारमा पर्ने सम्भावनालाई कायम राखेको छ ।
घरेलु मैदानमा एनफिल्डमा भएको खेलमा लिभरपुलले दुवै गोल दोस्रो हाफको अन्तिम २० मिनेटमा गरेको थियो ।
भर्जिल भान डाइकले ७३औं मिनेटमा लिभरपुलका लागि पहिलो गोल गरे । त्यसपछि मोहमद सालहले ७७औ मिनेटमा दोस्रो गोल गरे ।
जितपछि २५ खेलबाट ३९ अंक जोडेको लिभरपुल छैटौं स्थानमा उक्लेको छ ।
यस जितपछि लिभरपुलले चौथो स्थानको सम्भावनालाई बलियो बनाएको हो । चौथो स्थानको टोटनहम भन्दा लिभरपुल ६ अंकले पछि छ ।
वल्भस भने २५ खेलबाट २४ अंकसहित १५औं स्थानमा छ ।
(यसअघि समाचारमा लिभरपुल चौथो स्थानमा उक्लियो उल्लेख भएकाले सच्याइएको छ ।)
प्रतिक्रिया 4