+

पुनरागमन जितसहित युनाइटेड एफए कपको क्वाटरफाइनलमा

२०७९ फागुन  १८ गते ७:०० २०७९ फागुन १८ गते ७:००
पुनरागमन जितसहित युनाइटेड एफए कपको क्वाटरफाइनलमा

१८ फागुन, काठमाडौं । खेलको अन्त्तयतिर दुई गोल गरेपछि वेष्टहममाथि ३-१ को पुनरागमन जित निकाल्दै म्यानचेष्टर युनाइटेड एफए कप फुटबबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको अन्तिम १६ को खेलमा युनाइटेडलाई जित दिलाउन अलेजान्द्र गार्नाचो र फ्रेडले अन्तिम मसमया गोल गरे ।

युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा मोहमद बेनराहमाले ५४औं मिनेटमा गोल गर्द वेष्टहमलाई पहिले अग्रता दिलाएका थिए । तर वेष्टहमले त्यो अग्रता जोगाउन सकेन । उल्टै आत्मघाती गोल उपहार दियो । ७७औं मिनेटमा नाएफ अगुएर्डले आत्मघाती गोल गरेपछि युनाइटेडले खेल बराबरी गर्‍यो ।

९०औं मिनेटमा गार्नाचोले गोल गर्दै युनाइटेडलाई २-१ को अग्रता दिलाए । त्यसपछि इन्जुरी टाइमको पाँचौ मिनेटमा  फ्रेडले गोल गर्दै युनाइटेडको जित पक्का गरे ।

केही दिनअघि लिग कपको उपाधि जितेको युनाइटेडले अब क्वाटरफामइनलमा फुलहमसँग खेल्नेछ ।

उता टोटनहम भने च्याम्पियनसिप टोली शेफिल्ड युनाइटेडसँग १-० ले पराजित हुँदै बाहिरिएको छ ।

अन्य खेलमा बर्नलीले फ्लिटउड टाउनलाई १-० ले हराएर क्वाटरफाइनलमा स्थान बनाएको थियो । यस्तै चौथो श्रेणीको ग्रिम्सी टाउनले प्रिमियर लिगको साउथह्याम्पटनलाई २-१ ले हराएर क्वाटरफाइनलमा स्थान बनायो ।

म्यानचेष्टर युनाइटेड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय