
१८ फागुन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को आसन्न निर्वाचनमा शिवप्रसाद घिमिरले वस्तुगत तर्फको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन् ।
नेपाल एलपी ग्याँस उद्योग संघका पूर्वअध्यक्ष एवं सल्लाहकार समेत रहेका घिमिरेलाई केन्द्रीय सदस्यमा उम्मेदवारी बनाउने निर्णय संघले गरेको छ ।
‘लामो समय देखि पेट्रोलियम, एलपी ग्याँस, ऊर्जा लगायत विभिन्न व्यवसायमा संलग्न रहेको र व्यावसायिक भएको हुँदा घिमिरेलाई महासंघमा प्रतिनिधित्व गराउने निर्णय गरेको हो’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4