+

लिग टुमा नेपालले आज पपुवा न्युगिनीसँग खेल्दै

२०७९ फागुन  १९ गते ६:५९ २०७९ फागुन १९ गते ६:५९
लिग टुमा नेपालले आज पपुवा न्युगिनीसँग खेल्दै

१९ फागुन, काठमाडौं । युएईमा जारी आईसीसी क्रिकेट विश्वकप लिग टु शृखंलाको आफ्नो तेस्रो खेलमा नेपालले आज पपुवा न्युगिनीसँग खेल्दैछ ।

नेपाली दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपाली समय अनुसार बिहान पौने १२ बजे सुरु हुनेछ ।

बिहीबार युएईसँग ६८ रनले पराजित भएपछि लगातार पाँच खेलको जित शृखंलामा ब्रेक लागेको नेपाल पपुवा न्युगिनीविरुद्धको खेलमा पुनरागमन गर्दै जित निकाल्ने लक्ष्यमा छ ।

नेपालले शृखंलाको पहिलो खेलमा पपुवा न्युगिनीलाई ४ विकेटले पराजित गरेको थियो । तर दोस्रो खेलमा ब्याटिङ नचल्दा नेपाल युएईविरुद्ध २०७ रनको लक्ष्य पछ्याउँदा १३९ रनमै अलआउट भएको थियो । पपुवा न्युगिनीले भने नेपालसँग हारेपछि युएईलाई पराजित गरेको थियो ।

लिग टुमा नेपाल पपुवा न्युगिनीसँग अपराजित छ । यसअघिको लिग टुको तीनवटै खेल नेपालले जितेको थियो । समग्रमा नेपाल र पपुवा न्युगिनीबीच ७ ओडिआई खेल भएको छ । जसमा नेपालले ५ खेल जितेको छ भने २ खेलमा पराजित भएको छ ।

लिग टुको शीर्ष ३ मा रहँदा विश्वकप छनोटमा पुग्न नेपालले अब बाँकी ६ वटै खेल जित्नुपर्नेछ । त्यसैले आजको खेल नेपालको लागि निकै महत्वपूर्ण छ । यदि नेपालले आजको खेल हारे शीर्ष तीनको सम्भावना सकिनेछ ।

लिग टुमा सबै ३६ खेल खेलिसकेको नामिबिया ३९ अंकसहित तेस्रोमा छ । ३० खेलबाट २८ अंकसहित नेपाल छैटौं स्थानमा छ । नेपालले पाँचौ स्थानमा रहेर ओडिआई मान्यता जोगाउन पनि अब बाँकी रहेको ६ मध्ये ४ खेल जित्नुपर्नेछ ।

नेपालले युएई शृखंलाको अन्तिम खेल सोमबार घरेलु टोली युएईसँग खेल्नेछ । त्यसपछि लिग टुको अन्तिम शृखंला यही तीन टोलीबीच काठमाडौंमा मार्च ९ देखि १६ (फागुन २५ देखि चैत २ गते) सम्म हुनेछ ।

हेड टु हेड

खेल : ७

नेपाल विजयी : ५

पीएनजी विजयी : २

विगतमाको खेल नतिजा

नेपाल टुर टु ओमान २०२१ सेप्टेम्बर : नेपाल २ विकेटले विजयी

नेपाल टुर टु ओमान २०२१ सेप्टेम्बर : नेपाल १५१ विकेटले विजयी

क्रिकेट विश्वकप लिग टु २०२२ मार्च : नेपाल २ विकेटल विजयी

क्रिकेट विश्वकप लिग टु २०२२ मार्च : नेपाल ७ विकेटले विजयी

पीएनजी टुर टु नेपाल २०२२ मार्च : पीएनजी ६ रनले विजयी

पीएनजी टुर टु नेपाल २०२२ मार्च : पीएनजी ३ विकेटले विजयी

क्रिकेट विश्वकप लिग टु २०२३ फेब्रुअरी : नेपाल ३ विकेटले विजयी

नेपाल पपुवा न्युगिनी विश्वकप लिग टु
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय