
काठमाडौं । पत्नीको उमेर २२ वर्ष छ भने उनका पति ६५ वर्षका छन् । यो दम्पत्तिको उमेरमा ४३ वर्षको अन्तर छ । ती युवतीका अनुसार जब उनी आफ्ना पतिसँग कतै घुम्न निस्किन्छिन् तब उनीहरुमाथि अनौठो व्यवहार हुन्छ ।
सबैभन्दा रोचक त के भने जब उनीहरुले कुनैपनि होटलमा एकसाथ एउटा कोठा बुक गराउन थाल्छन् तब उनीहरुलाई यस्तो कोठा दिइन्छ जहाँ दुबैजना अलग–अलग सुत्ने व्यवस्था होस् ।
अर्थात् दुईवटा बेड भएको कोठा उनीहरुलाई अफर गरिन्छ । अर्थात् होटलका स्टाफले उनीहरु लोग्ने–स्वास्नी भएको कुरामा विश्वास गर्दैनन् र बाबु–छोरी भएको अनुमान गर्छन् ।
उनीहरुले @shadieshafik नाम भएको टिकटक अकाउन्ट चलाउँछन् । जसमा करीब ५८ हजार फलोअर्स छन् । टिकटकमा अपलोड भएको एउटा भिडियोमा उनीहरुले होटलमा आफूहरुले डबल साइजको बेड भएको कोठा खोजे पनि होटलका कर्मचारीले दुईवटा बेडरुम दिने गरेको बताएका छन् ।
टिकटकमा भाइरल बनेको एउटा भिडियोमा उनीहरुले होटलको दुईवटा बेड भएको कोठामा बसेर एक अर्काको हात समाउँदै एउटा गीत गाइरहेका छन् ।
सो भिडियो करीब ९ लाखले हेरिसकेका छन् ।
–एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4