
१९ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आयुर्वेदलाई प्राथमिकताका दिन नेपाल सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
शुक्रवारबाट काठमाडौंमा शुरु भएको सातौं अन्तर्राष्ट्रिय आयुर्वेद महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आयुर्वेदलाई प्राथमिकताका साथ अघि बढाउन सरकार प्रतिबद्ध रहेका बताएका हुन् ।
नेपाल आयुर्वेदका लागि सही र उचित गन्तव्यस्थल भएको भन्दै उनले पछिल्लो समय जलवायु परिवर्तनका कारण परिरहेका समस्यालाई न्यूनीकरण गर्न आवश्यक रहेको बताए ।
आयुर्वेदका लागि नेपालमा रहेका वनस्पतिहरु जोगाइराख्नुपर्ने आवश्यक्ता देखिएकाले सरकारले पनि यसलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको उनको भनाइ छ । उनले आयुर्वेदलाई संरक्षण र संवद्र्धन गर्न सिंहदरबारस्थित वैद्यखानाबाट आफ्ना कामहरु गरिरहेको सुनाए ।
नेपालमा यार्सागुम्बा, अमला, रुद्राक्ष, तुलसी लगायतका अति महत्वपूर्ण वनस्पतिहरु पाइने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा रहेका वनस्पतिहरुको अध्ययन र अनुसन्धान अझै हुन जरुरी रहेको बताए ।
प्रतिक्रिया 4