
काठमाडौं । पछिल्लो समयको निकै लोकप्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबटको रुपमा रहेको ChatGPT ले इन्टरनेट प्रयोगकर्ताको लेख्ने काम घटाइदिएको छ ।
विश्लेषकहरुका अनुसार अमेजन किन्डलमा च्याट जिपिटीकै कारण इ–बुकमा वृद्धि हुन सक्दछ किनकी च्याट जिपिटीका कारण किताब लेख्न तथा लेखक बन्न निकै सरल बनेको छ । यद्यपि च्याट जिपिटीका धेरै बेफाइदा पनि छन् ।
अब च्याट जिपिटीले तपाईंको ह्वाट्सएप मेसेजको जवाफ पनि आफैं दिन सक्नेछ । सुन्दा अनौठो लाग्न सक्दछ यो यथार्थ हो कि च्याट जिपिटीले तपाईंको ह्वाट्सएपमा आउने सबैखालका मेसेजको जवाफ दिन सक्दछ ।
च्याट जिपिटीबाटै ह्वाट्सएका मेसेजको जवाफ फर्काउने गरी तपाईंले सेटिंग्स मिलाउन सक्नुहुन्छ । त्यसका लागि तपाईंले ह्वाट्सएपमा च्याट जिपिटी लिंक गर्नु पर्दछ । र, यो काम तपाईंले GitHub को सहयोगमा गर्न सक्नुहुन्छ ।
कसरी गर्ने ?
एकजना डेभलपरले गिटहबमा पाइथन स्क्रिप्ट तयार पारेका छन् जसको सहयोगमा तपाईंले ChatGPT लाई आफ्नो ह्वाट्सएप अकाउन्टसँग जोड्न सक्नुहुन्छ ।
यसका लागि सबैभन्दा पहिले https://github.com/danielgross/whatsapp-gpt मा जानु पर्दछ र त्यहाँ एउटा वेबपेज खुल्दछ ।
उक्त पेजमा रहेको Code मा क्लिक गर्नुहोस् ।
त्यसपछि download zip मा क्लिक गर्नुहोस् ।
अब तपाईंले सो फाइल खोल्नुहोस् र फाइल खोलेसँगै Whatsapp-gpt-main देखिनेछ । त्यसमा server.py छान्नु पर्दछ ।
त्यसपछि ls टाइप गरी enter बटन थिच्नुहोस् र तत्पश्चात् python server.py लेख्नुहोस्
त्योसँगै तपाईंको ह्वाट्सएप अकाउन्टवाला मोबाइल नम्बर OpenAI च्याटसँग Configure हुनेछ ।
त्यसपछि Verify I am a human मा क्लिक गर्नुहोस् । अनि आफ्नो ह्वाट्सएप अकाउन्टमा जानुहोस् र OpenAI ChatGPT सर्च गर्नुहोस्
तपाईंले यसबाट कुनैपनि मेसेज पठाएर परीक्षण पनि गर्न सक्नुहुन्छ ।
उक्त सेटिंग्स पश्चात् अब तपाईंको ह्वाट्सएपमा आउने कुनैपनि मेसेजको जवाफ च्याट जिपिटीले दिनेछ ।
–एजेन्सी
प्रतिक्रिया 4