
फाइल तस्वीर
१९ फागुन, काठमाडौं । सरकारले हिमालको सफाइ प्रयोजनका लागि आरोहणमा जाने नेपाली सेनाका लागि पर्वतारोहण आरोहण दस्तुर छुट दिएको छ । नेपाली सेनाले चलाउन लागेको सफा हिमाल अभियान २०२३ अन्तर्गत सगरमाथा, ल्होत्से, बरुन्चे र अन्नपूर्ण हिमालमा जाने टोलीको सलामी दस्तुर छुट दिएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीका अनुसार नेपाली सेनाका कुल ३२ जना सदस्यलाई लाग्ने दस्तुर छुट दिइएको हो । जसमा सगरमाथा र ल्होत्सेमा १३, बरुन्चेमा ९ र अन्नपूर्ण हिमालमा १० जनाको टोलीले आरोहण गर्ने भएको छ । सगरमागा आरोहणमा प्रमुख सेनानी किशोर अधिकारी, बरुन्चेमा सेनानी समिरबहादुर बस्नेत र अन्नपूर्णमा सहसेनानी भीमबहादुर भुजेलको नेतृत्वमा टोली पठाउँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4