
१९ फागुन, बुटवल । आफ्नो संगठनलाई दर्ता गर्न नदिएको भन्दै राष्ट्रिय जनमोर्चाको अखिल (छैठौं) ले बुटवलको सिद्धार्थ क्याम्पसको निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेको छ ।
आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि संगठन दर्ता गर्न नदिइएको भन्दै अखिल छैठौंले ताला लगाएको हो ।
शुक्रबार दिउँसो ३ बजेसम्म विद्यार्थी संगठनहरुको नाम दर्ता गर्ने समय रहेपनि २ बजे अगाडि नै नाम दर्ता गर्न जाँदा निर्वाचन अधिकृतको कार्यालयले नाम दर्ता गर्न नमानेपछि तालाबन्दी गरिएको अखिल छैठौंका इकाई अध्यक्ष समिर पोखरेलले बताए ।
क्याम्पसका निर्वाचन अधिकृत गोपालप्रसाद चापागाईंले नियतवश संगठनको नाम दर्ता नगरेको नभई ढिलो आएकाले दर्ता नभएको बताए ।
क्याम्पस प्रमुख विष्णु रानाले शनिबार बिहान वैठक बसेर दर्ता गर्ने÷नगर्ने निर्णय गरिने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4