१८ फागुन, काठमाडौं । लुभूस्थित जिनियस आईबी वर्ल्ड स्कुलले राष्ट्रिय फुटबल टोलीका विमल घर्ती मगरलाई जिनियस स्पोर्ट्स एम्बासडरमा नियुक्त गरेको छ ।
सो सम्बन्धी सम्झौता पत्रमा जिनियसका अध्यक्ष नवीनकुमार जोशी र विमलले एक कार्यक्रमबीच हस्ताक्षर गरे ।
जिनियसका शैक्षिक प्रमुख प्रदीप वज्राचार्यले विमलले जिनियसको फुटबल टोलीलाई प्रशिक्षण दिनु पर्ने, जिनियसको कार्यक्रममा सहभागी हुनु पर्ने, जिनियसको प्रवर्द्धलगायतका कार्यमा सहयोग गर्नु पर्ने जानकारी गराए ।
कार्यक्रममा अध्यक्ष जोशीले सम्झौता तत्काल १ वर्षका लागि भए पनि आगामी वर्षमा पनि निरन्तरता पाउने बताउँदै जिनियसमा आबद्ध भएकोमा विमललाई धन्यवाद दिए ।
विमलले जिनियसको फुटबल जर्सी सार्वजनिक गर्नुका साथै जिनियसको छात्र/छात्रा टोलीलाई प्रशिक्षण पनि दिएका थिए ।
कार्यक्रममा विमलले जिनियससंग जोडिन पाउँदा खुशी लागेको बताउँदै जिनियसको फुटबललाई माथि उकास्न र विद्यालयको प्रवर्द्धनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । शैक्षिक प्रमुख वज्राचार्यले राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्य विमललाई जिनियसमा आबद्ध गर्न पाउँदा गर्वको अनुभुति भएको बताउँदै विमलको आगमनले जिनियसको फुटबलसँगै अन्य गतिविधको पनि उचाइ बढ्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया 4