+
+

पशुपति संग्रहालय एक महिना भित्र सञ्चालनमा ल्याउन निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १९ गते १७:१४

१९ फागुन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले पशुपति विकास क्षेत्रस्थित पशुपति संग्रहालय एक महिना भित्र सञ्चालनमा ल्याउन निर्देशन दिएकी छिन् ।

शुक्रबार अनुगमनमा पुगेकी उनले पशुपति संग्राहलय एक महिनामा सञ्चालनमा ल्याउन निर्देशन दिएकी हुन् । राज्यमन्त्री ठकुरीले शुक्रवार पशुपति क्षेत्र भित्र नयाँ बनाईएको वनकाली उद्यान, नवनिर्मित पशुपति संग्रहालयको अनुगमन गरेकी छिन् ।

पशुपति क्षेत्र भित्र ४ करोड ५० लाख लागतमा वनकाली उद्यान बनाइएको छ । वनकाली उद्यान राधामानव समितिले आफ्नो पूर्ण लगानीमा गरेको कोषले जनाएको छ । पशुपति क्षेत्र भित्र फेला परेका विभिन्न प्रकारका पुरातात्विक महत्वका वस्तु संग्रह गरी यहाँ संग्रहालय बनाइएको छ । भूकम्पका कारण भत्किएको भवन पशुपति क्षेत्र विकास कोषको आफ्नै लगानीमा बनाइएको छ ।

पुरातात्विक एवम् ऐतिहासिक वस्तु प्रदर्शनका लागि बनाइएको संग्रहालय एक महिना भित्र सर्वसाधारणका लागि खुला गरिने भएको छ ।

राज्यमन्त्री ठकुरीले पशुपति विकास क्षेत्रको अनुगमन निरीक्षण पछि श्रद्धालुका लागि आवश्यक पर्ने पानी, शौचालय, आवश्यक जानकारीका लागि सूचनालगायत आधारभूत सुविधा व्यवस्थित गर्न निर्देशन दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?