१९ फागुन, काठमाडौं । यु-१९ विश्वकपमा छनोट भएको नेपाली क्रिकेट टिम शुक्रबार स्वदेश फर्किएको छ । बिहीबार युएईमा भएको खेलमा घरेलु टोलीलाई हराउँदै नेपाली यु-१९ टिम आगामी वर्ष श्रीलंकामा हुने विश्वकपमा छनोट भएको थियो ।
त्रिभुवन विमानस्थलमा नेपाली क्रिकेट टिमलाई नेपाल क्रिकेट संघ र खेल क्षेत्रका विभिन्न व्यक्तिले स्वागत गरे ।
आईसीसी यु–१९ विश्वकप एशिया छनोटको बिहीबार सम्पन्न खेलमा युएईमाथि सात रनको रोमाञ्चक जित
निकाल्दै नेपाल विश्वकपका लागि छनोट भएको थियो । यस जितसँगै नेपालले सन् २०२४ मा श्रीलंकामा हुने विश्वकप खेल्ने पक्का भएको थियो । नेपाल आएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रशिक्षक जगत टमाटाले नेपालको फिल्डङ र बलिङका कारण विश्वकपमा छनोट भएको बताए ।
उनले सबै खेलाडीहरुले मिहिनेत गरेर खेल्दा जित हात पारेको र फाइनल खेलमा युएईसँगका अन्तिम तीन विकेट जादुमय भएको बताए । उनले विश्वकप २०२४ मा हुने भएकाले अब विश्वकपका लागि धेरै समय बाँकी रहेकाले राम्रो नतिजा निकाल्ने गरी खेल्ने बताए ।
त्यस्तै यु-१९ टोलीका कप्तान देव खनालले सबै खेलाडीको मिहेनतले विश्वकपमा छनोट भएको बताए । टुर्नामेण्टमा जाँदा धेरै चुनौती भएपनि अब आउने दिनमा आफूलाई झनै प्रमाणित गरेर जाने चुनौती रहेको उनको भनाइ छ ।
यस्तै बलर दिपेश कँडेलले ह्याट्रिक विकेट भन्दा पनि आफ्नो टिमले जितेकोमा खुशी लागेको बताए । उनले आफू अन्तिम ओभर बलिङ गर्न आउँदा आफ्नो जीवको फस्र्ट एण्ड लास्ट ओभर सोचेर बलिङ गरेको बताए ।
प्रतिक्रिया 4