
१९ फागुन, काठमाडौं । बेलारुसको एक अदालतले नोबेल शान्ति पुरस्कार बिजेता आलेस बियालियात्स्कीलाई १० वर्षको जेल सजाय सुनाएको छ ।
उनी २०२१ मा पक्राउ परेका थिए । उनीमाथि गलत रुपमा रकम लिएको र विरोध प्रदर्शनलाई आर्थिक सहयोग गरेको आरोप लगाइएको छ ।
यद्यपि उनले भने आरोप अस्वीकार गरेका छन् । आलेस एक लोकतन्त्र समर्थक अभियान्ता हुन् । उनको मानवअधिकार समूह ‘भियास्ना’ले २०२० मा बेलारुसमा भएको विरोध प्रदर्शनमा सहभागीहरुलाई कानुनी र वित्तीय सहयोग गरेको थियो ।
उनीसहित ३ जनाले २०२२ मा नोबेल शान्ति पुरस्कार जितेका थिए ।
अदालतले बिलियान्त्सिन स्टेफानोविचलाई ९ वर्ष र अर्का अभियान्ता उलादजिमिर लोब्कोविचलाई ७ वर्षको जेल सजाय सुनाएको बीबीसीले जनाएको छ ।
बेलारुसका निस्कासित नेता स्वेतलाना तिखानोवस्काले भने फैसलालाई लज्जास्पद भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4