+
+

काठमाडौंमा ह्वीलचेयर म्याराथन (तस्वीरहरु)

आर्यन धिमाल आर्यन धिमाल
२०७९ फागुन २० गते १६:१८

२० फागुन, काठमाडौं। बीआइए फाउन्डेशनले अपाङ्गता भएका व्‍यक्तिहरुको सहभागीतामा ह्वीलचेयर म्याराथनको आयोजना गरेको छ ।

शनिबार काठमाडौंको भृकुटीमण्डपबाट सुरू भई टुँडिखेल, घण्टाघर, पुतलीसडक हुँदै पुन: भृकुटीमण्डपमा आई समाप्त भएको र उक्त म्याराथनमा करिब ३ सय जना सहभागी भएको बीआइए फाउन्डेसनका प्रवन्ध निर्देशक गोकर्ण ढुंगानाले जानकारी दिए।

उनका अनुसार यो चौथो ह्वीलचेयर म्याराथन हो र बीआईए फाउण्डेशनको जन्मदिन तथा अन्तर्राष्ट्रिय ह्वीलचेयर डे भएकाले नेपालमा पनि ह्वीलचेयर म्याराथनको आयोजना गरिएको हो ।

उक्त म्याराथनमा पुरूषतर्फ  रमेश खत्री प्रथम, कामकाजी मिजार द्वितीय र विष्णु श्रेष्ठ तृतीय भए। यस्तै ऐश्वर्य कुमारी कुमाल प्रथम, यमी झाक्री मगर द्वितीय र रजनी राई तृतीय भइन् ।

उनीहरुलाई  अस्ट्रेलियन राजदूत फेलिसिटी जेन भोल्कले पुरस्कार प्रदान गरेकी थिइन् ।

हेर्नुहोस् तस्वीरहरु :

 

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?