+

डेब्यू खेलमै चर्च ब्वाइजको जित, अग्रता जोगाउन नसक्दा पुलिसको हार

२०७९ फागुन  २० गते १८:१६ २०७९ फागुन २० गते १८:१६
डेब्यू खेलमै चर्च ब्वाइजको जित, अग्रता जोगाउन नसक्दा पुलिसको हार

२० फागुन, काठमाडौं । नवप्रवेशी चर्च ब्वाइज युनाइटेड शहीद स्मारक ए डिभिजन लिगको डेब्यू खेलमै विजयी सुरुवात गरेको छ ।

च्यासल मैदानमा पहिलो पटक शनिवार ए डिभिजनको लिगको खेल हुँदा चर्च ब्वाइजले ए डिभिजनमा डेब्यू जित निकाल्यो ।

तीन पटकको विजेता नेपाल पुलिस क्लब विरुद्ध एक गोलले पछि परेको स्थितीमा चर्च ब्वाइजले २-१ को पुनरागमन जित निकालेको हो ।

रवि पासवानले १४औं मिनेटमा गोल गर्दै पुलिसलाई अग्रता दिलाए पनि कायम राख्न सकेन ।

चर्च ब्वाइजका लागि पहिलो हाफको इन्जुरी टाइममा आशिष चौधरीले बराबरी गोल फर्काए । त्यसपछि फ्रान्कलिन क्विटे टालाले ७०औं मिनेटमा विजयी गोल गरे ।

चर्च ब्वाइज शहीद स्मारक ए डिभिजन लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय