२० फागुन, काठमाडौं। इरानमा भइरहेको दोस्रो विश्व जुनियर कबड्डी च्याम्पियनशीपमा नेपालले ऐतिहासिक कास्य पदक जितेको छ ।
समूह चरण पार गर्दै सेमिफाइनलसम्म पुगेको नेपाल र पाकिस्तानले संयुक्त रुपमा कास्य पदक जितेको हो ।
क्वाटरफाइनलमा इराकमाथि ६४-६३ को रोमाञ्चक जित निकालेको नेपाल सेमिफाइनलमा आयोजक इरानसँग ६०-३७ ले पराजित भएको थियो ।
त्यसअघि समूह डी मा नेपालले जर्जियालाई ८४-१७ ले पराजित गरेको थियो भने पाकिस्तानसँग ६१-४१ ले पराजित भएको थियो ।
च्याम्पियनशीपको उपाधिका लागि घरेलु टोलीले इरान र भारतबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया 4