२० फागुन, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले न्यूक्यासललाई हराएको छ र, लिग लिडर आर्सनलमाथि दबाव कायमै राखेको छ ।
शनिबार भएको खेलमा डिफेण्डिङ च्याम्पियन सिटीले न्यूक्यासललाई २–० गोल अन्तरले हराएको हो ।
इत्तेहाद स्टेडियममा भएको खेलमा सिटीले १५औं मिनेटमा फिल फोडेनको सोलो गोलबाट अग्रता लिएको थियो । न्यूक्यासलले खेलमा फर्किने प्रयास गरेको थियो । तर सब्सिच्युटका रुपमा मैदान प्रवेश गरेका बर्नाडो सिल्भाले ६७ औं मिनेटमा गोल गरेपछि सिटीले ३ अंक सुनिश्चित गर्यो ।
जितपछि म्यानचेष्टर सिटी २६ खेलबाट ५८ अंकका साथ दोस्रो स्थानमा छ । लिग लिडर आर्सनलको ६० अंक छ र, उसले एक खेल कम खेलेको छ । न्यूक्यासल भने २४ खेलबाट ४१ अंकका साथ पाँचौं स्थानमा छ ।
प्रतिक्रिया 4