२० फागुन, काठमाडौं । कोपा डेलरेमा चिरप्रतिद्वन्द्वी रियल मड्रिडलाई हराउँदा पनि बार्सिलोनाको आलोचना भइरहेको छ ।
सेमिफाइनलको पहिलो लेगमा जम्मा ३५ प्रतिशत बल पोसेसन र विपक्षीको पोष्टमा चार प्रहार गरेको बार्सिलोनाले १–० को जित निकालेको थियो ।
यसलाई लिएर आलोचना भएपछि प्रशिक्षक जाभी हर्नान्डेजले भनेका छन्, ‘बार्सिलोना विश्वकै कठिन क्लब हो । हामीले रियल मड्रिडलाई हराएको छौं, तर यो चित्तबुझ्दो छैन ।’
भ्यालेन्सिनाविरुद्ध आइतबार हुने खेलअघि आयोजित प्रिम्याच कन्फ्रेन्समा जाभीले बार्सिलोनामा चिक्तबुझ्दो जित चाहिने बताए । आफूहरुको लक्ष्य पनि त्यही भएको तर, ला लिगा र च्याम्पियन लिगको डिफेण्डिङ च्याम्पियन भएको उनले सम्झाए ।
पेड्री, डेम्बेले लगायतका खेलाडी बिना सान्टिएगो बेर्नाबाउमा जितेको भन्दै उनले भने, ‘हामीले कठिन मैदानमा जितेका हो ।’
प्रतिक्रिया 4