
इन्फिनिटीमा गएर मिलन हुन्छ रे
दुई समानान्तर रेखाहरूको
विश्वास गरेर बसेछ
वर्षौं वर्ष
विचरा विश्वासी !
————
इन्फिनिटी भनेको कहिल्यै नआउने गन्तव्य हो
कठै त्यो नादानी !
एउटा रेखामा भविष्य संगालेर दौडेछिन् उनी
अर्को रेखामा ऊ माया चेपेर दौडेछ
अनन्तमा भेट्ने सपना तुनेर
बरा विचरा ती दुई !
———–
प्रेम र भविष्य किन सँगसँगै कुद्दैन हँ?
किन दुइटामा एउटा पछाडि छुट्छ अक्सर ?
कठै अभागी !
ज्ञानीहरू भन्छन्
एउटा अभागीको भागमा
अर्को अभागी पर्नु पनि
एउटा भाग्यकै कुरा हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4