
२१ फागुन, काठमाडौं । इङवा हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकाहरुका लागि आईपीओ निष्कासन गरेको छ ।
कम्पनीले ६ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरेको हो भने एक लाख २० हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको ।
जुन कम्पनीको जारी पुँजीको (६० करोड रुपैयाँको) १० प्रतिशतले हुन आउने ६ करोड रुपैयाँ बराबर हो ।
आईपीओमा ताप्लेजुङ्ग जिल्लाको सिदिङ्गवा गाउँपालिका ३, पाँचथरको याङवरक गाउँपालिका २ र वडा नम्बर ३ का बासिन्दाले आवेदन दिन सक्नेछन् भने श्रम स्वीकृति लिएर विदेश गएका नेपालीले पनि आवेदन गर्न सक्नेछन् ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । सो आईपीओ चैत ८ गतेसम्म आवेदन गर्न सकिन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4