+
+

जीवन विकास लघुवित्तले घटायो लाभांश

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २१ गते १२:१८

२१ फागुन, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले घोषणा गरेको लाभांश घटाएको छ । लघुवित्तले फागुन १९ गतेको बैठकबाट लाभांश संशोधन गरेको हो ।

यसअघि गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको ३७.३६ प्रतिशत लाभांशलाई संशोधन गरेर ३३.१५ प्रतिशतमा झरिएको हो ।

संशोधित लाभांशअनुसार अब २६ प्रतिशत बोनस शेयर रहेको छ भने ७.१५ प्रतिशत (कर प्रयोजनार्थसहित) नगद छुट्याइएको छ । नेपाल राष्ट्र बैंकले लघुवित्तलाई लाभांश वितरणमा कडाइ गरेपछि लघुवित्तले यस्तो शंसोधन गरेको हो ।

फागुन ६ गते बसेको बैठकले २८ प्रतिशत बोनस शेयर र ९.३६८४ प्रतिशत नगद लाभांश गरी कुल ३७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । संशोधित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपपछि वितरण गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?