+
+

चितवनको सौराहा घुम्न आएका एक युवकको राप्ती नदीमा डुबेर मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २१ गते १७:५१

२१ फागुन, चितवन । काठमाडौंबाट चितवनको सौराहा घुम्न आएका एक युवकको राप्ती नदीमा डुबेर मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका महाकाल घर भएका २४ वर्षीय सन्देशप्रसाद बडालको राप्ती नदीमा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय टाँडीका डीएसपी अनिल खड्काले दिएको जानकारी अनुसार सौराहाको होटल हर्मिटेजमा फागुन १९ गते थप ३ जना साथीसहित बडाल पनि आएरसँगै बसेका थिए । २० गते राति साथीहरु मिलेर रमाउँदा बडाल खोलामा पुगेको अनुमान गरिएको छ ।

उनको आइतवार दिउँसो २:३० बजे शव फेला परेको हो । उनीसँगै आएका ३ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?