+

युनाइटेडलाई ७-० ले हराउँदै लिभरपुल पाँचौं स्थानमा

२०७९ फागुन  २२ गते ६:३३ २०७९ फागुन २२ गते ६:३३
युनाइटेडलाई ७-० ले हराउँदै लिभरपुल पाँचौं स्थानमा

२२ फागुन, काठमाडौं । प्रिमियर लिगमा आइतबार राति लिभरपुलले म्यानचेष्टर युनाइटेडमाथि फराकिलो जित निकालेको छ ।

घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ७-० ले हराएको हो ।

लिभरपुलको जितमा कोडी गाक्पो, डार्विन नुनेज र मोहमद सलाहले २/२ गोल गरे ।

रोबर्टो फिर्मिन्होले एक गोल थपे ।

जितपछि लिभरपुल २५ खेलबाट ४२ अंक जोडेर पाँचौं स्थानमा उक्लेको छ र शीर्ष चारको सम्भावना बलियो बनाएको छ ।

चौथो स्थानको टोटनहमभन्दा लिभरपुल ३ अंकले पछि छ । २५ खेलबाट ४९ अंकसहित युनाइटेड तेस्रो स्नानमा छ ।

म्यानचेष्टर युनाइटेड लिभरपुल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय