+

बेटिससँग बराबरीमा रोकियो रियल मड्रिड

२०७९ फागुन  २२ गते ६:४६ २०७९ फागुन २२ गते ६:४६
बेटिससँग बराबरीमा रोकियो रियल मड्रिड

२२ फागुन, काठमाडौं । स्पानिस ला लिगाको दोस्रो स्थानमा रहेको रियल मड्रिड रियल बेटिससँग बराबरीमा रोकिएको छ ।

आइतबार राति बेटिसको मैदानमा भएको खेलमा रियलले गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । बराबरीपछि रियल लिग लिडर बार्सिलोनाभन्दा ९ अंकले पछि परेको छ ।
बार्सिलोनाले आइतबार भ्यालेन्सियालाई १–० ले हराएको थियो ।

बराबरीपछि रियलको २४ खेलबाट ५३ अंक छ । बार्सिलोना समान खेलबाट ६२ अंकसहित शीर्ष स्थानमा आसिन छ ।

२४ खेलबाट ४१ अंक रहेको बेटिस पाँचौं स्थानमा छ ।

स्पानिस ला लिगा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय